नेकपा (एमाले)ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकबाट उनीहरूको नामावली टुंगो लगाएको हो ।
एमालेले आदिवासी जनजाति पुरुषतर्फबाट देवीप्रसाद भट्टचन्द, हेमराज राई, कालुराम राई, आदिवासी जनजाति महिलातर्फबाट नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती , रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बालाई समानुपातिक सांसदमा छनोट गरेको छ ।
यसैगरी खसआर्य पुरुषबाट रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, खसआर्य महिलाबाट मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल समानुपातिक सांसदमा छनोट भएका छन् ।
एमालेले थारु महिलाबाट आस्माकुमारी चौधरी, शान्ति चौधरी, दलितबाट ईश्वरबहादुर रिजाल , प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुकमणि राना बराली, हर्कमाया विश्वकर्मा, मधेसीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विनादेवी, अमृतादेव अग्रहरी, प्रतीक्षा तिवारी र मुस्लिमबाट सराज अहमद फारुकीलाई समानुपातिकमा छनोट गरेको छ ।