झापाको बिर्तामोड स्थित भगवान् चोकमा खाद्य संस्थान अगाडि पिज्जा घरको ब्रान्च खुलेको छ । बिर्तामोडका युवा व्यवसायी याम खरेल र याम ढुङ्गानाको संयुक्त २ करोड ५० लाखको लगानीमा पिज्जा घरको ब्रान्च खोलिएको हो ।
पाँचवर्ष अगाडि शनिश्चरे रोड स्थित राष्ट्रिय वाणिज्य वैंक भएको घरमा खोलिएको ‘पिज्जा घर’ को सफतासंगै उनीहरुले नयां ब्रान्च खोलेका हुन् ।

पिज्जाका पारखीलाई स्वाद चखाउने उदेश्य सहित पांच बर्ष अघि खोलिएको पिज्जा घरको सफलता संगै ग्राहकको मागलाई ध्यानमा राखेर भगवान चोकमा ब्रान्च खोलिएको सञ्चालक याम खरेल बताउंछन् । खोलिएको पिज्जा घरको किचन उपभोक्ताले आफैँ हेर्न पाउने समेत उनी बताउंछन् ।
‘पिज्जाका पारखीले बिर्तामोडमा नयाँ स्वाद मात्रै पाएनन्, पिज्जाको अन्तर्राष्ट्रिय ब्राण्ड सरह ‘भेराइटिज’ पाए ।’ जसका कारण पनि हामी छोटो समयमा नै ग्राहकको ध्यान खिच्न सफल भयौं सञ्चालक खरेल भन्छन् ।’

_1736908732.jpg)
पाँच बर्ष अघि खोलिएको पिज्जा घरले ग्राहकको चाहना र आवश्यकतालाई समेट्न सकेको प्रति सञ्चालक खरेल खुसी ब्यक्त गर्छन् ।
नयाँ स्वाद र फ्लेवरमा पिज्जाका पारखिले पिज्जा खान पाउंदा उनीहरु पनि दङ्ग छन् । पिज्जा घरको फ्रेन्चाइजलाई मुख्य सहरमा देशव्यापी विस्तार गर्ने योजना रहेको सञ्चालक खरेल बताउंछन् ।

पिज्जा घरमा भेज ननभेज दुवैमा पिज्जा उपलब्ध हुने जनाइएको छ । साथै पिज्जा घरको आकर्षक सजावटले पनि त्यहां पुग्ने जो कोहिको मन लोभ्याउंछ । साथै पिज्जा घरमा बर्गर, पास्ता, सेन्डवीच, विर्यानी लगायतका खाद्य परिकार पनि उपलब्ध हुने बताइएको छ ।
खरेलले विदेशमा सिकेको सीपलाई व्यवहारिक प्रयोगमा ल्याएका हुन् । उनले अहिले पिज्जा, बर्गर सहितका बिभन्न परिकार बनाउने तालिम पनि पिज्जा घरबाट गराउंदै आइएको जनाएका छन् ।
पारिवारिक वातावरणको पिज्जा घरमा पर्याप्त पार्किङ, मिटिङ हल, बर्थडे हल,सेमिनार हल , छुट्टै स्मोकिङ जोन लगायतका सुविधाहरु पनि छन् ।
व्यवसायिक क्षेत्रमा युवाको सहभागिता बढ्नु पर्ने बताउंदै सञ्चालक खरेल बिदेशबाट फर्किएका युवाको सीप तथा क्षमतालाई पहिचान गरेर सरकारले रोजगारी र आय आर्जनका काममा लगाउनु पर्ने बताउँछन् ।
पिज्जा घरमा अहिलेसम्म ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।