झापाको बिर्तामोड ३ स्थित भगवान चोकमा खाद्य संस्थान अगाडि लुम्बिनी तन्दुरी एण्ड मटका हाउस खुलेको छ ।
बिर्तामोडका युवा ब्यवसायी दम्पत्ती कृष्ण पौडेल र अनु पौडेलले करीब ७० लाख खर्चिएर लुम्बिनी तन्दुरी एण्ड मटका हाउस सञ्चालनमा ल्याएका हुन् ।
लामो समय बिर्तामोडमा होटल व्यवसाय गर्दै आएका कृष्ण पौडेलले बिर्तामोडको आवश्यकतालाई परिपूर्ति गर्न होटल खोलिएको जानकारी दिए ।
होटलको आज शनिबारबाट औपचारिक रुपमा उद्धघाटन गरिएको छ । उद्धघाटनको अवसरमा सञ्चालक पौडेलले नेत्रहिन, असाहय र अशक्त ५० बढी ब्यक्तिलाई खाना खुवाएका छन् ।
होटलमा थकाली खाना, सेकुवा, रोटी, तन्दुरी, मटका लगायतका बिभिन्न परिकारहरु एउटै छानामुनि उपलब्ध हुने सञ्चालक पौडेलले बताए । १० बर्षकालागि साढे तीन कठ्ठा जग्गा भाडामा लिएर खोलिएको होटलमा लुम्बिनी तन्दुरी र स्पेशल थकाली खाना उपलब्ध हुने बताइएको छ । होटलमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।