झापाको बिर्तामोड ४ मा मुख्य कार्यलय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पाँचथर जिल्लाको फिदिम बजारमा ४८ औं सेवा केन्द्र स्थापना गरेको छ ।
शनिबारदेखि उक्त सेवा केन्द्रबाट सेवा शुभारम्भ गरेको हो । सेवा केन्द्रको उद्धघाटन फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्ले, संस्थाका अध्यक्ष सुवास भट्टराई र संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले संयुक्त रुपमा गरेका थिए ।
बिर्तामोड ४ मा केन्द्रीय कार्यालय भई झापा , मारेङ, इलाम र पाँचथर जिल्लामा संस्थाले सेवा प्रवाह गरिरहेको छ ।
सेवा केन्द्रको शुभारम्भ गर्दै प्रमुख अतिथि नगर प्रमुख काफ्लेले सहकारीले नगर क्षेत्रमा छरिएर रहेको पुजिँ एकिकृत गरी रोजगार मुलक क्षेत्रमा परिचालन गर्न सके स्थानिय स्थरमा रोजगारी सृजना हुने धारणा राखेका थिए ।
सहकारीको सेवाकेन्द्र संचालन भएपछि गाँउका नागरिकमा वित्तिय पहुच विस्तार भएको समेत बताए । संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले संस्थाले बृतिय, सामाजिक तथा रोजगारीको क्षेत्रमा योगदान पु¥याएको बताउंदै संस्थाको नीति, विधि र प्रविधि नै सिम्रिकको सफलता भएको बताए ।
पाँचथर जिल्लाको सबै स्थानिय स्तरमा उत्कृष्ट वित्तिय सेवा पु¥याउने उद्येश्यले संस्थाले कायक्षेत्र बिस्तार गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ पाँचथरका अध्यक्ष रेनु प्रसाद ओझा लगायतले शुभकामना मनतब्य राखेका थिए ।
संस्थाका ईन्द्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाको तालिम बिभाग प्रमुख प्रेम बस्नेतले गरेका थिए ।