झापाको बिर्तामोड–३ स्थि बिर्ताबजारमा रहेको श्री गरामनी कृषि सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले आज सोमबार उत्कृष्ट कर्मचारी, बचतकर्ता, ऋणि र बालबचत कर्तालाई सम्मान गर्दै बार्षिक साधारणसभा गरेको हो ।
साधरणसभाको अवसरमा संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा सिता राई, बचतकर्ताको रुपमा ख्यामकुमारी राई, ऋणि सदस्यको रुपमा भूमेश राई र बाल बचतको रुपमा बिदुर सुवेदीलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष ताराप्रसाद चापागांईको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाको सह–सचिव कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि मिश्र, रामजानकी साकोसका अध्यक्ष दलबहादुर कार्की, राष्ट्रिय सहकारी बैंकका बिर्तामोड प्रमुख बिबेक डाँगीलगायतले मन्तब्य राखेका थिए ।
लेखा समिति संयोजक पदमप्रसाद बाँस्कोटाले स्वागत तथा सञ्चालन संस्थाको सचिब गोपाल सिटौलाले गरेका थिए ।
संस्थाका अध्यक्ष चापागाईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८÷०७९ सम्ममा २ हजार ७ सय ३४ जना रहेका छन् भने शेयरपुँजी १ करोड ७१ लाख १९ हजार २०० रुपैयाँ रहेको छ ।










































