राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई सहयोग पुग्नेगरी दक्ष जनशक्ति उत्पादनमा सामूदायिक विद्यालयहरुले ध्यान दिनुपर्ने बताएकी छिन ।
आज बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको भन्दै दक्ष जनशक्ति उत्पादनको आधार निर्माणका लागि सामूदायिक विद्यालयहरुले ध्यान दिनुपर्ने बताएकी हुन ।
राष्ट्रपति भण्डारीले केन्द्र, प्रदेश र स्थानीय तहले सामूदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक पूर्वाधारमा बिशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरिन ।
राष्ट्रपति भण्डारीले मुलुकभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विदेश जाने युवा जनशक्तिलाई रोक्नुपर्ने अहिलेको आवश्यकता भएको समेत उल्लेख गरिन । कार्यक्रममा लामो समय बिद्यालयमा सेवा गर्ने शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो ।