मुग्लिन–नारायणगढ सडकमा पुस ५ गतेदेखि एक महिनाका लागि सवारी आवागमन बन्द गरिने भएको छ ।

उक्त खण्डमा पर्ने सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने सडक विभागले जनाएको छ ।