एनी बिर्तामोड युनाइटेड इण्डो नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिताको उपाधि इलामको रेड हर्स फुटबल क्लबले जितेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइल स्पर्धामा सुनसरीको धरान सिटी फुटबल क्लबलाई ४–्र१ गोल अन्तरले हराउँदै रेड हर्सले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै इलामले नगद २ लाख २२ हजार र ट्रफी प्राप्त गर्यो । उपविजेता धरानले नगद १ लाख ११ हजार र ट्रफीमा चित्त बुझायो ।

खेलको अधिकांश समय इलामले धरानलाई दबाबमा राखेको थियो । खेलको पहिलो मिनेटमै इलामले अग्रता लिएको थियो । इलामका विशाल तामाङले गोल गर्दै इलामलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, इलामका लागि २१ औँ मिनेटमा शौरभ सुब्बा, ३१ औँ मिनेटमा सिमान्त थापा र ६१ औँ मिनेटमा शौरभ सुब्बाले गोल गरेका थिए ।

धरानका लागि खेलको ८३ औँ मिनेटमा मिलन राईले सन्त्वाना गोल फर्काएका थिए । फाइनल खेलको म्यान अफ दी म्याच इलामका शौरभ सुब्बा घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे ।

 प्रतियोगिताका बेस्ट फरवार्ड इलालमका शौरभ सुब्बा, बेस्ट मिड फिल्डर इलामका विशाल तामाङ, बेस्ट डिफेन्स इलामका सिमान्त थापा र बेस्ट किप्पर इलामका देव लिम्बू घोषित भए । उनीहरुले नगद पाँच हजार पाए ।

प्रतियोगिताभरिका उत्कृष्ट खेलाडी इलामका हरि सिटौला भए । उनले नगद १५ हजार पाए । प्रतियागिताको आयोजना बिर्तामोड युनाइटेड फुटबल क्लबले गरेको हो ।