कनकाई : झापाको कनकाई नगरपालिका –६ स्थित चम्फापुरमा सम्पन्न भएको महायज्ञको आय–व्यय सार्जजनिक गरिएको छ । राधिका फाउन्डेशनले आयोजना गरेको सप्ताह श्रीमद् भागवत  धनधान्याचल  महायज्ञको हिसाव सार्वजनिक गरिएको हो । 

सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान गर्ने उदेश्यका साथ फाउन्डेशनले मंसिर २२ देखि २८ गतेसम्म महायज्ञको आयोजना गरेको थियो ।      फाउण्डेशनकी अध्यक्ष तथा महायज्ञ की प्रमुख कथा वाचिका राधिका दासीले बिहीवार ९आज० महायज्ञ स्थलमा पत्रकार भेटघाट मार्फत  आय–ब्यय सार्वजनिक गरेकी हुन् । 

महायज्ञबाट ४० लाख ५० हजार ७९७ रुपैयाँ संकलन भएको र खर्च १७ लाख ४ हजार २२५ रुपैयाँ भएर २३ लाख ४६ हजार ५७२ रुपैयाँ बचत भएको उनले जानकारी दिइन ।  

साथै बिभिन्न दाताहरुबाट १३ कठ्ठा १० धुर जग्गा प्राप्त भएको र स्थानीय सरकारले पनि बाल हेल्फ लाइन सेन्टर बनाउन सहयोग गर्ने आश्वसन दिएको बताएकी छिन् ।  दासीले प्राप्त जग्गामा किताकाँट खुल्ने बित्तिकै नापजाँच गरेर भवन निर्माणको कार्यलाई अगाडी बढाउने बताएकी छिन् । 

पत्रकार भेटघाटमा कनकाई वडा नं। ७ का वडाअध्यक्ष भिष्मभूषण सिटौला, समाजसेबी शेरबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।