अर्जुनधारा: निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) झापाको आयोजनामा शुक्रबारदेखि अर्जुनधारामा पालिकास्तरिय गायन तथा नृत्य प्रतियोगिता–२०७९ सुरु भएको छ ।

प्याब्सन अर्जुनधाराको सञ्चालनमा अर्जुनधारा–५ लक्ष्मीपुरमा रहेको होली बेसील एजुकेशन फाउण्डेशनको प्राङ्गणमा आयोजित उक्त प्रतियोगिताको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिता अन्र्तगत मा.वि.तर्फ सांस्कृतिक नृत्य, आधारभूततर्फ राष्ट्रिय नृत्य, प्रा.वि.तर्फ आधुनिक नृत्य र सीनीयर तथा जुनीयर गायन प्रतियोगिता हुने प्याबसन अर्जुनधाराका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक कुमार रायाले जानकारी दिए । 

प्याब्सन अन्र्तगत रहेको ३१ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिताका नृत्यतर्फका निर्णायक चन्द्र तामाङ र नगेन्द्र राई रहेका छन् ।

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा निजी तथा आवासीय विद्यालयको क्षेत्रमा विशेष योगदान पु¥याउने कालिका शिशु सदनका संस्थापक मोहन सुब्बा र प्रगति अङग्रेजी आवासीय विद्यालयका कर्मचारी कृष्णबहादुर तामाङलाई ‘उत्कृष्ट कर्मचारी’बाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्मालगायतले मन्तव्य राखेका थिए । प्याब्सनका उपाध्यक्ष रायाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।