बिर्तामोड : इन्टरनेश्नल करीयर काउन्सीलिङ सेन्टरको झापा शाखा स्थापना भएको छ ।  क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीकालागि झापाको बिर्तामोड ४ स्थित भद्रपुररोडमा कन्सलटेन्सीको  स्थापना गरिएको हो । 

आज शनिबार एक कार्यक्रमकाबिच उक्त शाखाको उद्धघाटन गरिएको छ ।  इन्टरनेश्नल करीयर काउन्सीलिङ सेन्टर क्यानडा जानकालागि उत्कृष्ट कन्सलटेन्सी भएको बताइएको छ । 

सुधिर भट्टराई, दिपक दास, यज्ञराज कडरीया, विजया भण्डारी र बसन्त टन्डन क्षेत्रीले उक्त कन्सलटेन्सी सञ्चालनमा ल्याएका हुन् । 

इन्टरनेश्नल करीयर काउन्सीलिङ सेन्टरका सल्लाहकार राम खड्कको प्रमुख आतिथ्यता तथा सञ्चालक सुधिर भट्टराईको  अध्यक्षतामा भएको कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई प्रमुख अतिथि खड्काले एक दिने प्रशिक्षण समेत दिइएको सञ्चालक तथा काउन्सीलर दिपक दासले जानकारी दिए । 

स्वीजर ल्याण्डको स्वीस कन्ट्याक्टको हस्पिटालिटि विज्ञ एलेन रोवार्च, चेम्बर अफ कमर्श प्रदेश १ उपाध्यक्ष तथा रोटरीयन सन्तोष अग्रवाल लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा अखिल क्रान्तीकारीका झापा अध्यक्ष रन्जन धमला, अनेराष्वियुको जिल्ला सचिव नारायण पोखरेल लगायतले शुभकामना मनतब्य राखेका थिए । 

स्वागत, औचित्यमाथि प्रकाश तथा सञ्चालन दिपक दासले गरेको कार्यक्रममा १ सय बढी जना विद्यार्थीहरु पनि सहभागि थिए । 

कलेजमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई २५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको तथा अध्ययनकालागि क्यानडा जान चाहनेले विषयगत हिसाबले निश्चित रकम खर्चिएपछि जान सक्ने बताइएको छ ।