राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई चयन गरेको छ । आज काठमाडौंमा बसेको राप्रपा संसदीय दलको बैठकले सर्वसम्मत रुपमा दलको नेतामा अध्यक्ष लिङ्देनलाई चयन गरेको हो ।
बैठकले मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आवश्यक निर्णय लिने अधिकार पनि पार्टी अध्यक्षलाई दिएको छ ।
निर्वाचनपछि राप्रपाले सरकार या प्रतिपक्ष कता रहने भन्ने निर्णय गरिसकेको छैन । राप्रपाले आफ्नो पार्टीको एजेण्डामा साथ दिने शक्तिसँग सहकार्य गर्न सकिने जनाएको छ ।
मङ्सिर चार गते सम्पन्न निर्वाचनबाट राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद निर्वाचित भएका छन् ।