बिर्तामोड : ब्रिटिस ल्याङ्गवेज तथा आइ.टी. इन्स्टिच्युट , बिर्तामोडको आयोजना तथा सुभानी सप्लायर्सको सहकार्यमा भएको ३ महिने तालिम समापन भएको छ ।
ब्युटिपार्लर तथा मेकअप सम्बन्धी ३ महिने तालिमको आज शुक्रबार समापन भएको हो । तालिममा सहभागिहरुलाई एक कार्यक्रमकाबिच प्रमाणपत्र वितरण गरिएको छ ।
झापाको बिर्तामोडमा सञ्चालनमा आएको द व्यूटी वल्र्डले भदौ १८ गतेबाट तालिमको आयोजना गरेको थियो । तालिम समापन कार्यक्रममा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै सञ्चालक वत्सल भट्टराईले द व्यूटी वल्डमा सौन्दर्य सम्बन्धि सबै काम गर्न सकिने र तालिम पनि लिन सकिने जानकारी दिए ।
ब्रिटिस ल्याङ्वेज एण्ड आइटी इन्टिच्यूटको सहकार्यमा आयोजना गरिएको तालिममा जम्मा ७५ जना किशोरीहरु सहभागि थिए । जस मध्ये ४० जनालाई सञ्चालक भट्टराई तथा बालबालिका तथा शिक्षा संचार मञ्च झापा संयोजक सरोज पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।
मेकअप , नेल आर्ट र मेहन्दी सम्वन्धि सहभागिहरुलाई सन्ध्या खाती, गिता कार्की, किरण रिजाल लगायतले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणका लागि सिटीइभिटीबाट मान्यता प्राप्त प्रशिक्षकले प्रशिक्षण दिएको सञ्चालक भट्टराईको भनाई छ ।
तालिमपछि सबै सहभागीहरु स्वरोजगार बन्ने अपेक्षा गरिएको उनले बताए । साथै पुःन तालिमकालागि निश्चित कोटा भएकाले इच्छुकले सम्पर्क गर्न सक्ने समेत उनले बताए ।