रोङ गाउंपालिका १ मा रहेको ज्योति आधारभुत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा सहित आवश्यकीय सामाग्री वितरण गरिएको छ । 

विपन्न बालबालिकालाई न्यानो कपडा, डटपेन, फुटबल, बास्केटबल लगायतका सामाग्री रमाइलो सेवा समूहले आज शुक्रबार वितरण गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि कृष्ण घिमिरे र विशेष अतिथि श्रृजना ढुङ्गानाले विद्यार्थीलाई उक्त सामाग्री प्रदान गरेका हुन् । 

कार्यक्रममा १ नम्बर वडाध्यक्ष मनोहरी खड्का, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गाविन्द कट्टेल, वडा सदस्य मनमाया राई, प्रधानध्यापक नन्दलाल शिवकोटी, स्वास्थ्यकर्मी गजेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

कृष्ण घिमिरेले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन झलकुमार लकान्द्रीले गरेका थिए ।  रमाइलो सेवा समूह इलामको सचिव शिला आर्चाय र सदस्य प्रकाश घिमिरेको पनि उपस्थिति रहेको थियो ।