बिर्तामोड राउण्ड टेबल २७ ले बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयको स्तर उन्नतीमा उल्लेखिय सहयोग गरेको छ ।
राउण्ड टेबल नेपालको ‘शिक्षा मार्फत स्वतन्त्रता’ कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई नयां भवन , शौचालय तथा खानेपानेको निमार्ण गरि हस्तानतरण गरिएको हो ।
आज शनिबार बिर्तामोड राउण्ड टेबल–२७ ले निमार्ण गरेको उक्त संरचना राउन्ड टेबल इन्टरनेश्नल अध्यक्ष जयन्त अग्रवाल र राउन्ड टेबल नेपाल अध्यक्ष राहुल अग्रवाल लगायतले उद्घाटनपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमानध्वज लोक्तामलाइ लाई हस्तानतरण गरेका हुन् ।
बिद्यालयको २ कोठे एक तले पक्की भवन, छात्र तथा छात्राको लागि छुट्टाछुट्टै शौचालय, फिल्टर सहितको खानेपनी तथा धारा, विद्यालय परिसरको कम्पाउण्ड वाल तथा प्रवेशद्वार निर्माण संगै बाल कक्षा कोठा सुधार कार्यक्रम गरी बिद्यालयलाई हस्तानतरण गरिएको बिर्तामोड राउण्ड टेबल–२७ का अध्यक्ष अमितकुमार अग्रवालले जानकारी दिए ।
उनले यी सबै संरचना तथा सामाग्रीकालागि संस्थाले करीब २५ लाख खर्चिएको बताए । साथै संस्थाले विद्यालयको खेल मैदानलाई पनि सम्याउने काम गरेको छ ।
कार्यक्रममा राउण्ट टेबल नेपाल उपाध्यक्ष नितेश अग्रवाल, सचिव दिवस सुबेदी, कोषाध्यक्ष साकेत मुरारका, नेशनल एडिटर निकिल बंजेल, उपाध्यक्ष निरज चौधरी, सचिब मनोज गोयल, कोषाध्यक्ष बिकास अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड राउण्ट टेबल २७ का सदस्य दीपक मित्तलले सञ्चालन गरेको कार्यक्रममा बिर्तामोड राउण्ट टेबल २७ का निवर्तमान अध्यक्ष सुमित साहेवाला सहितको अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो । कक्षा–३ सम्म अध्यापन हुने उक्त बिद्यालयमा ९१ जना बिद्यार्थी अध्ययनरत छन् ।