बिर्तामोड– झापाको बिर्तामोडस्थित अदुवा पुल छेउ बिनायक होटलसंगै बिटीएम मन्त्र थकाली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । 

बिर्तामोडका  चारजना युवाको व्यवसायिक लगानी र साझेदारीमा मन्त्र थकालीको खोलिएको हो ।  

बिर्तामोडका युवाहरु दीपक काफ्ले, शुभम् घिमिरे, सुरज खँड्का र उमेश खरेलको साझा लगानीमा मन्त्र थकाली खुलेको हो । नयाँ व्यवस्थापनसहित रेष्टुरेन्टमा करिव ५५ लाख रुपैयाँ खर्च भएको सञ्चालक मध्येका उमेश खरेलले बताए ।

यसअघिको तामा रेष्टुरेन्ट भएको ठाउँमा नयाँ व्यवस्थापनसहित मन्त्र थकाली सञ्चालन गरिएको छ । मन्त्र थकालीको शनिवार  बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईले रिवन काटेर उद्घाटन गरेकी छन् ।

उनले व्यवसायिक क्षेत्रमा युवा पुस्ताको सक्रियता बढ्नु आफैँमा सकारात्मक प्रयास भएको बताइन् । मानिसले फरक स्वादमा स्वस्थ्य खाना खोजिरहेको भन्दै मेयर प्रसाईले सरसफाईमा सबै संवेदनशील हुनुपर्ने बताइन् ।

७० जना अट्ने सेमिनार हलसहित मन्त्र थकालीले आफ्नो व्यवसाय सुरु गरेको सञ्चालक उमेश खरेलले बताए ।