कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । बालुवाटारमा आज बिहान भएको कांग्रेस नेतृत्वको गठबन्धनमा कांग्रेस अडानका कारण सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका अन्य राजनीतिक दलहरूको नाटकीय समिकरण तयार भएको हो ।

समीकरणमा एमाले माओवादी केन्द्रका नेताबाहेक, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति गरी सात पार्टी जोडिएका छन । सात दलका सांसदको कुल संख्या एक सय ६६ पुगेको छ । पछिल्लो सहमतिसगै साढे दुई बर्षपछि कांग्रेस संघ र प्रदेश दुबैतिर प्रतिपक्षमा पुगेको छ ।