सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी अलमलमा देखिएको छ । एमाले–माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी यात्राबारे अलमलमा देखिएको हो ।
अकस्मात् राजनीतिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएपनि ठोस निर्णय पार्टीले लिन नसकेको नेताहरुले बताएका छन । बैठकले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ ।
बैठकले एमाले र माओवादी सहमतिमा सरकारमा प्रस्तुत गरेकोमा त्यसलाई समर्थन या विरोध गर्ने ठोस निर्णय नगरेको हो । एकीकृत समाजवादीले माओवादी नेतृत्वमा बनेको गठबन्धनलाई समर्थन गर्न सक्ने विकल्प खुल्ला नै राखेको हो । एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ ।