सुरुङ्गा : झापाको बिर्तामोड–५ न्यूटन्स एजुकेशन फाउण्डेशन नजिकै मुख्य कार्यालय रहेको आवद्ध बचत तथा ऋण सहकारी संस्थाले गत बर्ष ९८ लाख ४९ हजार ५ सय ३१ रुपैयाँ खुद नाफा गरेको छ ।
संस्थाको आज सोमबार कन्काई नगरपालिका स्थित जामुनबारी पर्यटकीय स्थलमा भएको १० औं बार्षिक साधारणसभामा सो कुरा जानकारी दिइएको हो ।
संस्थाका अध्यक्ष नन्दमान भट्टराई (नरेश)ले आर्थिक बर्ष २०७८÷०७९ सम्ममा २ हजार ९४ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी २ करोड ५४ लाख ७० हजार ४ सय रुपैयाँ रहेको जानकारी दिएका हुन् ।
अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको जगेढा कोष १ करोड ५ लाख ८१ हजार ३ सय ७७, योगदानमा आधारित अन्य कोषहरु १ करोड ३९ लाख ९६ हजार ३ सय १०, कुल कोष ३ करोड ३० लाख ७१ हजार २७०, बचतमा रहेको रकम १० करोड ४९ लाख ८९ हजार ८ सय १५, ऋण लगानी २० करोड ६८ लाख ७१ हजार ३ सय ५९ रुपैयाँ रहेको उल्लेख छ ।
संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षता तथा सतासी बहुमुखी सहकारीका अध्यक्ष रुद्रमणि श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारी सहित अन्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बर्ष उत्कृष्ट कर्मचारीका रुपमा ब्यवस्थापक पर्वतराज चिमरिया र बजार प्रतिनिधि विक्रम निरौलालाई सम्मान गरिएको हो ।
त्यस्तै संस्थाले बर्ष उत्कृष्ट सञ्चालक समिति सदस्य नरेन्द्र न्यौपाने खत्री, बाल बचतकर्ता रिवाज वाग्ले, भेषराज रिजाल, मासिक बचतकर्ता देबकुमारी चौधरी,
अनिवार्य ५ बर्षे बचतकर्ता तुलसा खनाल, पेन्सन बचतकर्ता रामचन्द्र सापकोटा, जानकीप्रसाद भट्टराई, आबद्ध बिशेष बचतकर्ता कल्पना खनाल, बिमल श्रेष्ठ, साधारण बचतकर्ता तुलसीराम खनाल, आवधिक कर्ता गणेश उर्मकार, महमद अरमान, ब्यक्तिगत तर्फ दबीमाया सुनुवारलाई मायाको चिनो ,खादा, तथा प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।
नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष तथा संस्थाका सल्लाहकार निर्मल भट्टराई, न्युटन एजेकेशन फाउण्डेशनका प्रिन्सिपल दशरथ हुमागाई (देवेन्द्र), नेपाल महिला उद्यमशील संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली, लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा
लेखा समितिको प्रतिवेदन संस्थाका सचिव खगेन्द्र कुँवरले प्रस्तुत गरेका थिए । संस्थाका सञ्चालक समिति सदस्य खड्ग बिष्टले स्वागत तथा संस्थाको कोषाध्यक्ष शान्ता विष्टले स्वागत गित प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका ब्यवस्थापक पर्वतराज चिमरियाले गरेका थिए ।