स्वावलम्बन विकास केन्द्रको ३१औं साधारणसभाले दुई बर्षे कार्यकालका लागि सात सदस्यीय प्रबन्ध समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा केन्द्रका संस्थापक सदस्य शंकरमान श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा झापाका महेन्द्रकुमार गिरी पुनः सर्वसम्मत चयन भएका छन् । उनी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।
समितिको कोषाध्यक्षमा मानुषी लद्युवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक शोमा बज्राचार्य, सदस्यहरुमा डा. सुमित्रा मानन्धर गुरुङ, किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर साह, चार तारे युवा क्लबका अध्यक्ष चण्डीप्रसाद शर्मा र नेपाल महिला सामुदायिक केन्द्रका सहसचिव गीताकुमारी योगी गिरी चयन भएका छन् ।
काठमाडौंमा सम्पन्न साधारणसभाले उक्त समिति सर्वसम्मत चयन गरेको हो । स्वावलम्बन विकास केन्द्र (सीएसडी) लद्युवित्त तथा सहकारीकर्मीहरुको संस्था हो ।
‘घर–घरमा उद्यम फैलाऔँ, गरिबीलाई शून्य बनाऔं’ भन्ने नाराका साथ सोमवार सीएसडीको साधारणसभा काठमाडौंमा सम्पन्न भएको हो ।