मेचीनगर  : मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्ने बिषयमा सरोकारवालासंग छलफल गरेको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार कार्यकक्षमा स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, ठेकेदारसंग छलफल गरेका हुन् ।

सबैलाई एकै ठाउंमा राखेर उनले  सडक कालोपत्र बनाउने सम्बन्धमा छलफल गरेका थिए । सरोकारवाला संगको छलफलमा नगर प्रमुख बुढाथोकीसहित निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, निवर्तमान नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल

उप्रेती, मेचीनगर १,२ र १५ का वडाध्यक्षहरु राजेन्द्र राई, दिपक बराल र गुणराज घट्टराई, डिई, ठेकेदारलगायत स्थानीयको उपस्थिती रहेको थियो ।   गोकुलमार्ग अन्तर्गत मेचीनगर १५ स्थित फडानी देखि  बौद्धमोड हुँदै मेचीनगर १ नम्बर क्षेत्रसम्म कालोपत्र हुने छ ।