नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीले सम्हालेका छन् । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका भण्डारीलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।
बुधबार जिम्मेवारी ग्रहण गर्दै प्रवक्ता भण्डारीले सेना र सञ्चार क्षेत्रको जिम्मेवारी फरक भए पनि दुवैको उद्देश्य राष्ट्र र राष्ट्रवासीको कल्याण भएको बताए ।
निवर्तमान प्रवक्ता सिल्वालले प्रेस जगतको निष्पक्ष र वस्तुगत रिर्पोटिङले सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न तथा सङ्गठनलाई मर्यादा र कर्तव्यबाट विचलित हुन नदिने विश्वास व्यक्त गरे ।