सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको तयारी पुरा भएको छ । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाहरुको पुस १५ गते हुने पद तथा गोपनियताको शपथ ग्रहणको तयारी पुरा भएको प्रदेशसभा सचिवालयले जनाएको हो ।

शपथ ग्रहणका लागि प्रदेश सभाभित्रको सजावट, रंगरोगन, सिट ब्यवस्थापन, सचिवालय व्यवस्थापनलगायत सबै काम सकिएको छ ।