डिभिजन वन कार्यालय झापा अन्तरगर्तको वन पैदावार चेक पोष्ट चाराआलीका कर्मचारीले अबैध रुपमा रकम असुल्ने गरेको पाइएको छ । 

प्रदेश नम्बर १ उद्योग , पर्यटन वन तथा वातावरण वन निर्देशनालय अन्तरगर्त डिभिजन वन कार्यालय झापा मातहतको चाराआली चेकपोष्टले काठ बोकेका मालबाहक गाडिबाट अतिरिक्त रकम असुल्दै आएका हुन् । 

पहाडी जिल्ला इलाम, पांचथर, तेह्रथुम तथा ताप्लेजुङ जिल्लाबाट  नीजि नम्बरी अवादीमा रहेका कटान गरिएका काठ स्थानान्तर गरेर झापा ल्याउंदा चेकपोष्टका इन्चार्ज रेन्जर कुलप्रसाद भट्टराई सहितको टोलिले अबैध रकम असुल्ने गरेको चालकहरु बताउंछन् । गोलिया बोकेका ट्रकबाट प्रति १ हजार देखि २ हजार सम्म रकम असुल्ने गरेका हुन् । 

सो चेकपोष्टमा पहाडी जिल्लाबाट झापा आउंदै गरेका ट्रकले बोकेका काठको जाँच गरि दरपीठ गर्नलागि छाप हान्नु पर्ने हुन्छ । तर त्यही दरपीठ र छाप हान्ने बेलामा रेन्जर भट्टराई सहित  शशस्त्र वन रक्षक रोहितकुमार कार्की, दिलकुमार श्रेष्ठ, ज्ञानु फुंयल वन रक्षक, वन हेरालु सहितको ९ जनाको टिमले

चेकजाँचको नाममा दुःख दिने र घुस लिएर मात्र कागजातमा छाप हानेर छोडिदिने गरेको चालक डिबि सुवेदीले आरोप लगाए । उनीहरुले बर्षौंदेखि अबैध रकम असुल्दै आए पनि डिभिजन वन कार्यालय मौन छ । डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि भाग लाग्ने भएका कारण उनीहरुमाथि कारवाही हुन नसकेको बताइन्छ ।