झापाको बिर्तामोड–२ मा रहेको मोहनमाया माध्यमिक बिद्यालयले आफ्नो ५५ औं बार्षिकोत्सव भब्यताका साथ मनाएको छ ।
विद्यालयले बिहिबार बार्षिकोत्सवको अवसरमा शिक्षक तथा बिद्यार्थीलाई सम्मान समेत गरेको छ । विद्यालयले उत्कृष्ट शिक्षकको रुपमा रोहितकुमार गिरी , शिक्षिकाहरु राधा गड्तौला, उषा संग्रौला र सुश्मा भट्टराईलाई सम्मान गरेको हो । त्यस्तै चन्द्र
बिष्णु राउत स्मृति पुरस्कारबाट शिक्षिका ममता राजवंशी र प्रतिभा बराललाई सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।
कक्षा पहिलो, दोस्रो र तेस्रो हुने तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै सावित्रा बस्नेत पुरस्कार र चन्द्र बिष्णु राउत स्मृति पुरस्कारबाट पनि बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको बिद्यालयका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण राजवंशीको अध्यक्षता तथा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यार्थीले बिभिन्न सांस्कृति प्रस्तुती राखेका थिए । शिक्षिका अनिता कार्की बस्नेतले स्वागत तथा सञ्चालन शिक्षक मुकुन्द ढकालले गरेका थिए ।