झापा  : मानव बेचबिखन विरुद्ध अन्र्तरास्ट्रिय अभियान्ता शक्ति समूह सस्थापक तथा रोमन मेगासेसे पुरस्कारबाट सम्मानित भैसकेकि चरीमाया तामाङले युवा बिद्यार्थी समक्ष आफ्नो अनुभव साटेकी छन् ।   

आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा बिर्तामोडमा बिहीवार आयोजित आदर्श चिन्तन कार्यक्रममा तामाङले आफ्नो जीवनी, साहास र आगामी दिनमा नयाँ युगको दासता, मानब बेचबिखन विरुद्ध कसरी संगठित भएर लाग्ने भन्ने बारे विद्यार्थीलाई प्रेरणा दिएकी हुन् । 

 कलेजका सस्थापक सौरभ प्रसाईंको अध्यक्षता भएको कार्यक्रममा  शिक्षक नितेश साहले शुभकामना मन्तब्य राखेका थिए ।  प्रमुख बक्ता चरीमाया तामाङको परिचय तथा जीवनी बारे शक्ति समूह झापाकि संयोजक मिरा भट्टराईले प्रष्ट पारेकी थिइन् ।

कार्यक्रमको सञ्चालन कलेजका तामिल संयोजक दीपक दासले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका बिद्यार्थी १ सय ८० जनाको सहभागिता रहेको थियो।