कन्काई : कन्काई नगरपालिका १ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समुहको आगामी पुस २३ गते हुने निर्वाचनका लागि
नेपाली कांग्रेस र माओवादी केन्द्रको साझा प्यानलले आफ्नो चुनावी प्रचार प्रसारलाई तीव्र बनाएको छ । चुनावी प्रचार प्रसारको अभियानलाई तिब्र बनाउंदै समितिले यस अघि समितिले वनमा काम गर्न नसकेको आरोप लगाए ।
साझा प्यानलका अध्यक्षका उम्मेद्धार मोहनप्रसाद खतिवडाले वन समुहको आधा बजेट सामुदायिक वन समुहको पदाधिकारीको तलव र वैठक भक्तामा खर्च हुने गरेको भन्दै आफुले निर्वाचन जितेमा तलव भक्ता नलिने घोषणा गरे ।
त्यसै गरी सचिव पदका उम्मेद्धार डिल्ली रिजाल, उपाध्यक्ष पदका उम्मेद्धार खगमाया संग्रौला चापागाइंले वन क्षेत्रको उत्थान र विकासका लागि आफुहरुको उम्मेद्धारी रहेको बताए ।
पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक मनोजकुमार पोखरेल, कांग्रेस पार्टीका वडासभापति मनोज बस्नेत, साझा प्यानलका सहसचिवका उम्मेद्धार कृष्णप्रसाद सिटौला, कोषाध्यक्षका उम्मेद्धार कल्पना पौडेल, सदस्य पदका उम्मेद्धार ओमप्रकाश प्रधान लगायातको सहभागिता रहेको थियो ।
यसैविच प्रजापति सामुदायिक वनमा रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको प्यानल , एमाले नेतृत्वको प्यानल सहित ६ वटा प्यानल निर्वाचनमा होमिए पछि रोचक निर्वाचन यस बर्ष हुने भएको छ ।