बाहुनडाँगी : बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो र हात्तीको उप्रदो नियन्त्रण गर्नमा सघाउ पु¥याउन भन्दै राष्ट्रिय स्वातन्त्र पाटीका संघीय सांसद द्वय निशा डाँगी र इन्दिरा राना मगरले प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । 

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, साहयक प्रमुख जिल्ल अधिकारी रुद्रप्रसाद न्यौपाने, मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, राष्ट्रिय स्वतन्त्रपार्टीका जिल्ला अध्यक्ष उमेश खरेल सहितको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको हो । 

जनताले लामो समय देखि भोग्दै आएको हात्तीको आतङ्क रोक्न पहल गर्ने उदेश्यका साथ काम गर्न हात्ती प्रभावित क्षेत्रमा अनुमगन गरेको अध्यक्ष खरेलले बताए ।