झापा : बर्षाै देखि हात्तीको पीडा भोग्दै आएका झापाको पु्र्बाेउत्तर क्षेत्र बाहुँण्डागीका किशानले बैकल्पिक खेतिका रूपमा औषधिजन्य वनस्पति खेती शुरू गरेका छन् । 

 जन,धन संगै बालीनाली समेत हात्तीले क्षती गर्दै आए पछि हात्तीबाट जोगाउँनका लागि त्यहाँका किशानले बैकल्पिक खेतीका रूपमा ओेषधिजन्य वनस्पति खेती तर्फ लाग्न बाध्य भएका छन् ।

हात्तीको आक्रमणबाट भौतिक संरचना संगै बालीनाली समेत नष्ट गर्दै आएको छ्। तेस क्षेत्रमा हात्ती नियन्त्रणका लागि स्थानीय , प्रदेश, र संघिय सरकारले ठूलो आर्थिक खर्चेता पनि समस्य जिउको तिउ भएको स्थानियको गुनासो छ । 

 झापाको मेचीनगर ४ स्थित बाहुँण्डागीबाट पुर्ब पर्ने नेपाल– भारत सीमा नजिक दशगजा र इलेक्ट्रिकल फेन्सिङ तारको बिचभागमा रहेको करिव ३० बिगाह जग्गामा खेती शुरू गरिएको छ ।