कनकाई : लोकतान्त्रिक आन्दोलनका योद्धा तथा आदिवासी नेता तुर्षा हेमरमको २६ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
झापाको कनकाई नगरपालिका वडा नम्बर १ जामुनवारीमा रहेको तुर्षा हेमरम स्मृति प्रतिष्ठानको कार्यालयमा आज बुधबार विविध कार्यक्रम गरी उनको स्मृति दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका उप–सभापति तथा सांसद धनराज गुरुङले हेमरमको शालिक अनाबरण गर्दै माल्यापर्ण गरेका थिए ।
प्रतिष्ठानको अध्यक्ष गोपाल बस्नेतको अनुपस्थितिमा प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कांग्रेसका उप–सभापति गुरुङले हेमरनले राजनीतिक संगै सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
प्रतितष्ठानकी उपाध्यक्ष टिका मैनाललीले स्वगत गरेको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्धव थापा, कांग्रेसकी केन्द्रिय सदस्य सुशिला ढकाल, कांग्रेसका झापा सभापति देउकुमार थेबे, पूर्व सांसद तथा कांग्रेसका अग्रज नेता डिल्ली सिटौला, संबिधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेता विश्वदीप लिङ्देनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले सञ्चालन गरेको कार्यक्रममा आदिवासीहरुले विभिन्न खेल तथा प्रतियोगितासहित सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । साथै सोही कार्यक्रमकाबिच तीर, धनुष काँड खेलसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा खड्ग रायमाझीको रचना, संगीत तथा स्वर रहेको ‘हेरन सहिदहरुलाई’ बोलको गीतका गायक रायमाझी र नेपाली कांग्रेसका कनकाई नगर उप–सभापति सन्तोष रायमाझीले स्वागत गित प्रस्तुत गरेका थिए ।