झापा : झापाको मेचीनगरमा प्रधानमन्त्री कप महिला  टि(२० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता २०७९ आजबाट शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आज भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यको बर्चस्व रहेको झापाले मोरङ महिला क्रिकेट टिमलाई १४७ रनले पराजित गरेको छ ।


टस जितेर पहिले ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा १९७ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको मोरङले १९।४ ओभरमा ४९ रनमा सम्पुर्ण विकेट गुमाएका थिए। आजको खेलको म्यान अफदि म्याच विजेता टिमको तर्फबाट ३३ रन  २ ओभरमा १ विकेट लिएका लकिता राजवंशी घोषित भए ।


प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रीकेट प्रतियोगिता यहि पुस २९ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रदेश नं १ क्रिकेट संघका कोषाध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज र भोलि हुने प्रदेश नं १ स्तरीय छनोट खेलबाट १४ जना खेलाडी छनोट हुने छन् । तीनै १४ जना खेलाडीले प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रीकेट प्रतियोगितामा  प्रदेश नं १ को टिमबाट खेल्नेछन् ।