बिर्तामोड : झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबिए र एमसिएको अध्यापन शुरु गर्ने जनाएको छ । 

महाविद्यालयले आज शबिार पत्रकार सम्मेलन मार्फत  पढाई हुने विषय र अध्यापनका लागि विषय विज्ञका बारे सहित  जानकारी दिएको हो ।

पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गोमेन्द्र बहुमुखी महाविद्यालयले स्नातकोत्तर तहमा एमबिए (मास्टर अफ बिजनेस एडमिनिष्ट्रेसन) र एमसिए (मास्टर अफ कम्प्युटर एप्लिकेशन) अध्यापनको तयारी गरेको महाविद्यालयका प्राचार्य डा. रुपक खनालले जानकारी दिए ।

विद्यालयका संस्थापक गणेश खनालको प्रमुख आतिथ्यता तथा बुध खनालको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन शेखर पाण्डेले गरेका थिए ।