बिर्तामोड : झापाको बिर्तामोड–४ स्थित होटल सिदार्थ नजिकै दियालो फर्मा सञ्चालनमा आएको छ । औषधिको नगद थोक काउन्टरको रुपमा उक्त फर्मा सञ्चालनमा ल्याइएको जनाइएको छ । बिर्तामोडका युवा ब्यवसायीद्धय दिपेन्द्र पौडेल र याम बिष्टले उक्त फर्मा सञ्चालनमा ल्याएका हुन् ।
फर्मामा बिभिन्न प्रकारका अत्यावश्यक औषधी पाइने बताइएको छ । करिब एक करोड रुपैयाँको लगानीमा
फर्मा सञ्चालनमा ल्याएको सहयोगी सुशिल दाहालले जानकारी दिए । कार्यक्रममा औषधि ब्यवसायी तथा धौलागिरी पारिजात सहकारीका अध्यक्ष कृष्ण पौडेल , औषधी व्यवसायी ख्याम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।