झापा  : ३२ औ प्याब्सन दिवशको अवसर पारेर झापा प्याब्सनले भद्रपुरमा जिल्ला स्तरीय बृहद साँस्कृतिक प्रतियोगिता सञ्चालन गरेको छ ।

पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्य बीच प्रतिष्पर्धा हुने गरी साँकृतिक कार्यक्रम सञ्चालन गरिएको हो । प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षता तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्र कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमा झापाका १५ वटै पालिकाका संस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अनुसार प्रतियोगितामा नृत्यका ३९ र गायनका ३९ प्रतिष्पर्धी बीच प्रतियोगिता हुने छ । कार्यक्रम अन्र्तगत गायन तर्फ १२ वर्ष मुनि, कक्षा १० सम्मका र कक्षा १२ सम्मका उत्कृष्ट प्रतिपर्धी बीच जिल्ला उत्कृष्टका लागि प्रतियष्पर्धा भएको थियो भने नृत्यतर्फ आधुनिक, राष्ट्रिय र जातीय पहिचान सहितका साँस्कृतिक नृत्यहरूको विषयगत प्रतिष्पर्धा हुने छ ।