काठमाडौ :  प्रधानमन्त्री पुष्पकमल दाहालले भोली प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराएका हुन ।

संसद बैठकबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले सबै सदस्यले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरे ।

मंगलबार बिहान एघार बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मतमा मतदान हुने कार्यसूचि छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित एक सय ६९ सांसदको समर्थन लिएर प्रधानमन्त्री नियुक्त भएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र तीन स्वतन्त्र सांसदसहित १ सउ ६९ सांसदको समर्थन लिएर प्रधानमन्त्री नियुक्त भएका थिए । प्रतिनिधिसभाको २ सय ७५ सदस्य संख्यामध्ये प्रधानमन्त्री निर्वाचित हुन १ सय ३८ सदस्यको समर्थन आवश्यक हुन्छ ।