काठमाडौं : सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेको थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रममै सो प्रस्ताव गरिएको थियो । सोमबारको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई एक महिनाभित्र कार्यान्वयनको कार्ययोजनासहित लागू गर्ने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए । nepalpress.com