विराटनगर  : प्रदेश १ को नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मत कार्की र अन्य ३ मन्त्रीले पद भार ग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालय घटाउने पहिलो निर्णय गरेको हो । अहिले प्रदेश मा १३ वटा मन्त्रालय रहेका छन् ।

मन्त्रालय संरचना घटाउने र नौ वटा बनाउने लगायतको निर्णय, मन्त्रालय र मन्त्री धेरै भएको भन्दै आलोचना भइरहँदा नव निर्वाचित मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या घटाएर मितव्ययी प्रदेश सरकार बनाउने बताए ।

यस्तै, बैठकले प्रसासनिक सेवा सुधारका प्रमुख सचीवको नेतृत्वमा सुधार समिति बनाञे समेत निर्णय भएको मन्त्री भक्ती सिटौलाले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले भने, ‘मेरो प्राथमकिता सुुशासन र अनुशासन हो । यसका लागि मन्त्रालय घटाएर मितव्ययी प्रदेश सरकार गठनका लागि पहल थालेको हुँ । पहिलो पटक शेरधन राई नेतृत्वको सरका बन्दा प्रदेश १ मा सात वटा मन्त्रालय थियो । एमालेको सरकार हटेसँगै राजेन्द्र राई नेतृत्वको सरकारमा प्रदेश १ मा मन्त्रालय फुटाएर १३ वटा मन्त्रालय बनाइएको थियो । nepalpress.com