बिर्तामोड : झापाको बिर्तामोड ४ मा रहेको उदयशील महिला बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षमा १० लाख बढी मुनाफा गरेको छ । 

महिलाहरुले मात्र सञ्चालन गरेको उक्त सहकारीले  १० लाख ८३ हजार ६३७ रुपैयाँ नाफा गरेको हो । संस्थाको मङ्लबार बिर्तामोडमा भएको १५ औँ वार्षिक साधारणसभाको अवसरमा सो कुरा जानकारी दिइएको हो । 

साथै उक्त  सहकारी संस्था दोस्रो उत्कृष्ट भएको जानकारी दिइयो ।  बिर्तामोडमा रहेका आठवटा महिला सहकारीहरुमध्ये उदयशील दोस्रो भएको कार्यक्रममा जानकारी दिइएको हो ।  कारोबार तथा अन्य गतिविधिका हिसाबले उदयशील सहकारी दोस्रो भएको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले बताएका हुन् ।

संस्थाले असार मसान्तसम्म कुल वासलात तीन करोड एक लाख ५० हजार ३२० रुपैयाँको बनाएको छ । भने संस्थाको शेयर पुंजी १ करोड ३ लाख १ हजार १ सय रुपैंया रहेको प्रतिवेदनमा उल्लेख छ । 

संस्थाको अध्यक्ष राधा राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहकारी अधिकृत दाहाल, विशेष अतिथि नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली, निर्वाचन समिति सदस्य तीर्थ सिग्देल लगायतले शुभकामना मनतब्य राखेका थिए । 

संस्थाको उपाध्यक्ष भीमाकुमारी लिङदेनले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाको सचिव कल्पना अधिकारीले गरेकी थिइन् । 

यसैबीच, संस्थाले १५ औँ वार्षिक साधारणसभाको अवसरमा संस्थाले २६ जना शेयर सदस्यलाई नगद सहित सम्मान गरेको छ । 

संस्थाले ज्येष्ठ सदस्यतर्फ रामकुमारी खतिवडा र कलो राजवंशी लाई सम्मान गरेको हो । 

त्यस्तै, कर्जातर्फ सुनैना चौधरी, कृष्णमाया लिम्बू, सुमित्रा राई, महेशकुमार मण्डल, सञ्जीताकुमारी लिम्बू, उषा भेटवाल, नितु ठाकुर र सावित्री राजवंशीलाई सम्मान गरेको हो । 

त्यस्तै, संस्थाले बचततर्फ रिता धिमाल, प्रतिमा दास, जानुका लामा, अनुप सापकोटा, तुलसी लामिछाने, रोनक सिंगल, दुर्गा घिमिरे, भीमा नेपाल, जगत राजवंशी, नरबहादुर तामाङ, डम्मादेवी सिग्देल, सञ्जु शाह, छविलाल राजवंशी, सीतादेवी महतो, सृष्टि अग्रमी र सोहन बेगमलाई सम्मन गरेको छ । 

संस्थाको अध्यक्षमा पुनः राई

यसैबीच, साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा पुनः राधा राईलाई सर्वसम्मत गरेको छ ।

त्यस्तै, संस्थाको उपाध्यक्षमा पुनः भीमकुमारी लिङदेन, सचिवमा पुनः कल्पना अधिकारी, सहसचिवमा सरिता यादव र कोषाध्यक्षमा दोमकला खनाल चयन भएको निर्वाचन समिति सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।

त्यस्तै, सदस्यहरुमा साधना धिमाल, धिना धिमाल, सुभद्रा खड्का, पुष्पा खड्का, लुना रिजाल र सिर्जना लिम्बू चयन भएका छन् ।

संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा सरिता बस्नेत अधिकारी र सदस्यहरुमा निर्मला राजवंशी र आशा केरुङ चयन भएका छन् ।