उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी पबद्र्धन केन्द्र पुलचोकको आयोजना तथा चेम्बर अफ कमर्स झापाको सह–आयोजनामा बिर्तामोडमा भएको १५ दिने सिपमुलक तालिमको मङ्लबार समापन भएको छ । 

‘सीप सिकौं , आत्मनिर्भर बनौं ’भन्ने मुल नाराका साथ हस्तकला पबद्र्धन कार्यक्रम अन्तरगर्त तालिमको आयोजना गरिएको चेम्बर अर्फ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमलीले जानकारी दिए ।  

तालिममा महिला चेम्बर झापा तथा नेपाल उद्यमशिल महिला संघ झापाका महिलाहरु सहभागि थिए । सहभागिहरुलाई आमा हस्तकला  तथा प्रशिक्षण केन्द्र गोदावारीले प्रशिक्षण प्रदान गरेको थियो । 

तालिममा सहभागिहरुद्धारा निर्मित मकैको खोस्टाबाट बिभिन्न प्रकारका आकर्षक फुलहरु र बांसको चोयाबाट बनाइएका फुलदानीहरु समेत कार्यक्रममा प्रदर्शनी गरिएको थियो । 

20230110_150307

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाको नगर प्रमुख पवित्रा महत्तरा प्रसाई , बिर्तामोड ६ का वडाध्यक्ष सुर्य प्रसाद कन्दङ्वा तथा चेम्बरका अध्यक्ष ओमकृष्ण बिमलीले तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । साथै उनीहरुले सिकेको सिपलाई व्यवहारमा परिणत गरि आत्मनिर्भर बन्नु पर्ने शुभकामना ब्यक्त गरेका थिए । 

महिलाहरुलाई झापा मेचिनगरकी उद्यमी तथा व्यवसायी निर्मला भण्डारीले तालिम दिएकी थिइन् । 

‘खेर गएको बस्तुलाई सदुपयोग गर्दै सजावटका आकर्षक सामाग्री बनाउन सकिंदो रहेछ , नेपाल उद्यमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले भनिन्,  तालिम मा सिकेको सिप  फुर्सदको समयमा घरमै बसेर गर्न सकिने भएका कारण पनि प्रभावकारी हुन्छ ।’

मकैको खोस्टाबाट बुके फुल, ढाकी फुल, सिंगल फुल, गुलाबको फुल सहित अन्य बनाउन सकिने जनाइएको छ ।