चारआली : झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआलीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसको १५ औं क्याम्पस सभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ ।
क्याम्पसले बुधवार (आज) क्याम्पस परिसरमा बिबिध कार्यक्रम गरी १५ औं क्याम्पस सभा तथा छैटौ अधिवेशन मनाएको हो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षता तथा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।
क्याम्पसले पछिल्लो समयमा शैक्षिक क्षेत्रमा ठुलो फड्को मारेको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिप्रसाद घिमिरेको नेतृत्वको टिमको कामले क्यामपसले प्रगति हासिल गर्दै गएको हो ।
क्याम्पस सञ्चालक समिति सदस्य भक्तबहादुर खेम्वाङले स्वागत गरेको कार्यक्रममा पार्टीका प्रतिनिधिका तर्फबाट भोजराज पराजुली, वडाध्यक्ष मध्येबाट मधुसुदन निरौला, प्रधानाध्यापक संघ सभापति प्रकाश बास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख माधव प्याकुरेलले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्राध्यापक गोपाल प्याकुरेलले गरेका थिए ।
सोहि कार्यक्रममा दाताराम यमुना स्मृति छात्रवृत्ति कोष २८ जना बिएड र बिबिएसमा अध्ययनरत जेहेन्दार तथा गरिब सिमान्तकृत समुदायका विद्यार्थीलाई प्रदान गरिएको थियो ।
सोही कार्यक्रमका बिच विभिन्न बर्षका संकायका परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रममा क्याम्पसकी ब्यवस्थापन विभागीय प्रमुख सबित्रा दाहाल भट्टराई र गोपीकृष्ण भट्टराईले आफ्ना स्व. बाबुआमा गंगादेबी तथा मनप्रसाद भट्टराईको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् ।