बाह्रदशी ः  हिन्दु धर्म संस्कारलाई प्रोत्साहन तथा संरक्षण गर्ने  उदेश्यले श्रीहरि सत्संग समिति नेपालको बिर्तामोड च्याप्टर उद्घाटन गरिएको छ ।  

झापाको बाह्दशी गाउँपालिका–५ डाँगीबारीमा बिहीवार (आज)  च्याप्टरको उद्घाटन गरिएको हो । नव गठित च्याप्टरको अध्यक्षमा बिर्तामोडका व्यवसायी उमेश डालमियालाई चयन गरिएको छ  । 

त्यस्तै उपाध्यक्षमा बृहस्पति पाण्डे, सचिवमा बाबुलाल अग्रवाल, सह–सचिवमा बिजेन्द्रकुमार अग्रवाल र कोषाध्यक्षमा राजिब श्रेष्ठ चुनिएका छन् ।  

त्यस्तै सदस्यमा बाबुलाल बंशल, राजु पारिक, राजेन्द्र अग्रवाल, सुभासचन्द्र अग्रवाल, छिरिङ याल्मो र साइला मुर्म चुनिएका छन् । श्रीहरि सत्संग भारतका राष्ट्रिय महामन्त्री  तथा कार्यक्रमका प्रमुख अतिथि अनिल मानसिंहका एकल श्रीहरिले बिर्तामोड च्याप्टर उद्घाटनसँगै अध्यक्षमा डालमियालाई  घोषणा गरेका थिए । त्यस पश्चमत  नव गठित अध्यक्ष डालमियाले कार्य समितिका पदाधिकारीका नाम घोषणा गरेका थिए । 

डालमियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह–सचिव बिजेन्द्रकुमार अग्रवालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सोमनाथ सुवेदीले गरेका थिए । 

पूर्वमै पहिलो पटक श्रीहरि सत्संगको च्याप्टर उद्घाटन गरिएको बिर्तामोड च्याप्टरका संरक्षक भगवानदास अग्रवालले बताए ।