बिर्तामोड : मेची पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्षमा नवीन कोइराला पुःन अध्यक्षमा चयन भएका छन् । झापाको बिर्तामोड स्थित एशोसिएसनको सभाहलमा आज सोमबार भएको पाँचौ अधिवेशनबाट कोइराला पुःन ४ बर्षे कार्यकालकालागि अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।
त्यस्तै अधिवेशनले एशोसिएसनको महासचिवमा बिनोद बस्नेतलाई पुःन चयन गरेको छ । बस्नेतको पनि यो दोस्रो कार्यकाल हो ।

त्यस्तै एशोसिएसनको बरिष्ठ उपाध्यक्षमा टिकाराम बहादुर पिठाकोटे, उपाध्यक्ष भुपालराज कटुवाल, सचिव विनोद चापागांई, कोषाध्यक्ष अमित सरिया, सह–कोषाध्यक्ष मदनकुमार राई चयन भएका छन् ।
त्यस्तै एशोसिएसनको सदस्यहरुमा उत्तम श्रेष्ठ, बालकुमार भण्डारी र सुभाष गुरुङ चयन भएका छन् । एशोसिएसनका केन्द्रीय अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले १५ औँ वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए । उद्धघाटन समारोहमा नवनिर्वाचित कार्य समितिलाई प्रमुख अतिथि प्रधान सहित नेपाल

_1736908732.jpg)
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, एशोसिएसनका पूर्व अध्यक्ष प्रेमप्रसाद दाहाल, सल्लाहकार श्रीप्रसाद मैनाली, ट्यांकर व्यवसायी संघका अध्यक्ष तोकप्रसाद दुलाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

उद्धघाटन समारोहको सञ्चालन एशोसिएसनका महासचिव बिनोद बस्नेतले गरेको कार्यक्रममा सदस्य कुमारमणि पोखरेलले स्वागत गरेका थिए ।