जिल्ला अदालत तनहुँले अभिनेता पुर्णबिक्रम शाह अर्थात पल शाहलाई सफाइ दिएको छ नाबालिकलाई जबरजस्तीकरणी गरेको अभियोगबाट लागेका पललाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो ।

उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्तीकरणीको मुद्दामा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगसम्बन्धी अभीयोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको थियो ।

शाह गत चैत्र ३० गतेदेखि तनहुँ कारागारमा छन् । यसअघि उनीविरूद्ध बलात्कार गरेको अभियोग लगाएकी किशोरीले अदालतसमक्ष बयान फेरेर बलात्कार नगरेको भन्दै बयानसमेत फेरेकी थिइन् ।