आइतबार पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको चिरशान्तिको कामना गर्दै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) प्रदेश नम्बर १ ले दीप प्रज्वलन गरेको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा झापाको मेचीनगर स्थित कांकरभिट्टामा आज बुधबार शोकसभासहित दीप प्रज्वलन गरिएको हो ।
दिवंगत ७२ जनाको मृत्युप्रति दुख व्यक्त गर्दै दीप प्रज्वलन तथा एक मिनेट मौनधारण गरिएको नाटाका प्रदेश १ का महासचिव नविन खरेलले जनाकारी दिए ।
घटनाप्रति दुःख व्यक्त गर्दै (नाट्टा) प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले उनीहरुको चिर शान्तिको कामना गरेका थिए ।
शोक सभामा (नाट्टा) सल्लाहकार शेखर ढकाल, होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य डम्बरकुमारी श्रेष्ठ, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल फेवा)मेची उद्योग बाणिज्य संघका सदस्य दीपेन्द्रराज पाण्डे, पर्यटन कार्यालय काँकरभिट्टाका प्रतिनिधि निरोज कट्टेल, नेकपा एमालेका डिल्लीराम घिमिरे, नेपाली काँग्रेसका सुरेन्द्र बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।









































