काठमाडौं :  उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरको उम्मेदवारी दर्ता भएको छ । उपसभामुखमा रानाको प्रस्तावकमा रास्वपाकी सांसद शोविता गौतम छिन् । समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र र माओवादी केन्द्रकी नारायणी शर्मा रहेका छन् ।

उम्मेदवारी दर्तापछि रानाले आफू सडकमा कराइराख्ने भुईंमान्छे भएको बताइन् । रानाले पार्टी र गठबन्धनको साथ पाएकोमा खुसी व्यक्त गरिन् ।