नेपाली आकाशमा हवाइ सुरक्षा सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । शनिबार माइतीघर मण्डलामा अभियन्ताहरुल्े उड्डयन क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गरी विशेषज्ञ र अनुभवी महानिर्देशक नियुक्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले १० वर्षभन्दा पुराना विमान आयात निषेध गर्न, नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक निकाय मात्र बनाई छुट्टै स्वतन्त्र नियामक निकाय बनाउनुपर्ने लगायतका माग राखेका छन् ।