झापाको धुलाबारीमा बसेर लामो समयदेखि कपडा धुने व्यवसाय गर्दै आएका विशेश्वर बैठा धोबीले आफु ठगिएको बताएका छन् । उनालाई एउटा कित्ता नम्बरको जग्गा देखाएर अर्को पास गरिएको छ । उनलाई पास गरेको जग्गा खोलामा पर्छ ।
५ वर्ष अघि अरुका लुगा धोएर मेचीनगर १० स्थित टि माई पुल छेउमा १० धुर जग्गा साढे सात लाख रुपैयाँमा लिने सहमतिका कागज गरेर पाँच लाख २५ हजार बैना गरेको भए पनि अहिले खोलाको बगर देखाउंदा आफु अन्यायमा परेको उनले बताएका छन् ।
जग्गा धनीले एउटा जग्गा देखाएर बैना कागज गरे पनि अहिले सो जग्गा नदिएर टि माई खोला भित्रको जग्गा देखाएको धोबी बताएंछन् ।
कि नं १४३को जग्गा दिने भनेर सहमतीका साथ काजग गराइएको धोबी बताउंछन् । उनलाई देखाइएको निर्मल श्रेष्ठको जग्गा सुनिल शाहले किने पछि उनालाई कि नं ७२ को जग्गा पास गरिएको छ । जुन खोलामा पर्छ । किता. नं १४३ भनेर झुक्याएर पास गरेको उनको भनाई छ ।