नेपाल ब्यापार कर्मचारी संघ (युनिकम) नेपालको झापा अध्यक्षमा अम्बिका भट्टराई चयन भएका छन् । । आज सोमबार धार्मिक तथा पर्यटकीय स्थल दोमुखामा समपन्न युनिकमको ५ औं जिल्ला अधिवेशनले भट्टराईलाई चयन गरेको हो ।
समितिको उपाध्यक्षमा डम्बर थापा, सचिवमा अर्पणा सापकोटा, सह–सचिवमा बिमल कट्टेल र कोषाध्यक्षमा गंगा भट्टराई सर्वसम्मत चयन भएको जनाइएको छ ।
त्यस्तै सदस्यहरुमा श्यामप्रसाद पौडेल, लक्ष्मी पौडेल, राकेश कर्ण र हेम राजवंशी चयन भएको निर्वाचन समितिका संयोजक केशब भट्टराईले जानकारी दिए ।
त्यस्तै अधिवेशनले बिर्तामोड नगर समिति पनि चयन गरेको छ । समितको नगर अध्यक्षमा खगेन्द्र राई, उपाध्यक्षमा बबिता पाण्डे, सचिवमा नीता कटुवाल, सह–सचिवमा मेलिना मिश्र र कोषाध्यक्षमा सुवास भट्टराई सर्वसम्मत् चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी सदस्यहरुमा जानुका ढकाल, मानबहादुर भण्डारी, रोहिनी मण्डल र मानबहादुर महत सर्वसम्मत चयन भएका छन् ।
युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको अध्यक्षतामा भएको पाँचौं अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकाल रहेका थिए ।
युनिकमका अर्गानाइजर विल्सल लामाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि ढकाल , नेपाल टे«ड युनियनका यज्ञप्रताप अधिकारी, उद्योग संघ झापाका अध्यक्ष यामबहादुर श्रेष्ठ, श्रम कार्यालय झापाका प्रमुख दुर्गा आचार्य, अर्जुनधारा उद्योग बाणिज्य संघका अध्यक्ष इन्दीवर खड्कालगायतले मन्तव्य राखेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सदस्य कुमार भट्टराई, युनिकमका केन्द्रिय सदस्य श्याम खड्गी, श्रम कार्यालयका मात्रृका कट्टेल, चेम्बर अफ कमर्श प्रदेश १ उपाध्यक्ष सन्तोष अग्रवाल, युनिकमका अर्गानाइजर देबकुमारी थापा, अर्पणा लामालगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । साथै युनिकमले बृहत बनभोजको समेत आयोजना गरेको थियो ।