झापा : झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सम्मानसहित विदाइ गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघसहित झापाका तीन दर्जन संघ–संस्थाले आज सोमबार सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारी रिजाललाई सम्मानसहित विदाइ गरेका हुन् ।
कोभिड नियन्त्रण स्थानीय तथा प्रदेश र संघीय निर्वाचनमा खेलेको भूमिकाको प्रशंसा गर्दैै उनलाई सम्मानसहित विदाइ गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, प्रदेश अध्यक्ष टीकाराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी सहित जिल्लाका विभिन्न वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले सामुहिक रुपमा प्रजिअ रिजाललाई सम्मानपत्र, खादा तथा माला पहिर¥याएर बिदाइ गरेका छन् । ।
कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईं लगायतले शुभकामना दिएका थिए ।
नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमलीले प्रमुख जिल्ला अधिकारी रिजालको सम्मानपत्र वाचन गरेकी थिइन् ।
२०७८ पुस २८ गतेबाट झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारका रुपमा रहेका रिजालको भर्खरै तनहु जिल्लामा सरुवा भएको छ ।
सम्मानपश्चात कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले झापाको शान्ति सुरक्षा सहित सामाजिक क्षेत्रमा संघ–संस्था, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतले खेलेको भूमिकाको प्रशंसा गर्दै झापालाई कहिले बिर्सन नसक्ने उल्लेख गरे । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव कुशल खतिवडाले गरेका थिए ।