कनकाई : झापाको कनकाई नगरपालिका वडा नम्बर ३ मा सञ्चालित हेप्पी ल्याण्ड फनपार्क एण्ड रिसोर्ट प्रालिका सञ्चालक दिनेश शिवाकोटीले मितेरी डेभलपमेन्ट बैंक लिमिटेड शाखा सुरुङ्गाले नियत राखेर आफु र परिवारको बदनाम गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन् ।
बैंकले आफुले ऋणबापत लिएको रकम पनि चुक्ता गर्न नदिने र दुईदिन ब्याज तिर्न ढिलो हुँदा पनि पत्रिकामा सूचना प्रकाशन गरेर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । केहीदिन अघि सावा रकम बुझाउन खोज्दा बैंकले लिन मानेन’ सञ्चालक शिवाकोटीले भने ‘त्यतीबेला ब्याज मात्र बुझाउन बैंकले आग्रह गर्यो ।’
सञ्चालक शिवाकोटीले आफुले अर्को बैंकमा पनि कारोबार गर्न थालेपछि बद्नाम गर्ने नियतले बैंकले फोटोसहितको पत्रिकामा सूचना प्रकाशन गरेको आरोप लगाएका छन् ।
फन पार्कका ब्यवस्थापक नितेश ओलीले मंगलबार ९आज० झापाको सुरुङ्गामा पत्रकार भेटघाट गरी गत माघ ३ गते बैंकलाई ब्याजबापतको एक लाख ५० हजार रुपैयाँ जम्मा गरिसकेको भौचार देखाउँदै बैंकले बद्नाम गर्ने नियतले फोटोसहितको सूचना पत्रिकामा निकालेको आरोप लगाएका छन् ।
१० बर्षका लागि भनेर लिएको ऋण ५ बर्षमै तिरिसक्दा पनि बैंकले करिब ५० लाख रुपैयाँ कमिशन मागेको र त्यो रकम दिएपनि पछि आधा रकम बैंकले फिर्ता गरेको सञ्चालक शिवाकोटीले बताए ।
आफुले बैँकको सबै किस्ता तिर्छु भन्दा बैँकले उल्टै कमिशन मागेको आरोप शिवाकोटीको थियो । पैसा तिर्छु भन्दा तपाईजस्तो इमान्दार ग्राहकले हामीलाई छाडन मिल्दैन भन्दै निस्कन नदिने अनि २ दिन ढिला हुदा पत्रिकामा परिवार सहितको फोटो हालेर बदनाम गर्ने भन्दै शिवाकोटीले बैँकले परिवार र आफुमाथि अन्याय गरेको बताए । मैले ४ दिन पहिले ब्याज हालेको छु । ४ दिनमा पत्रिकामा नाम निकाल्न मिल्छ शिवाकोटीले प्रश्न गरे ।
आफुले जम्मा २ दिन समय मागेको र सो समयमा सबै साँबा ब्याज तिर्ने थाहा पाएपछि एकपटक भएपनि बेइज्यत गरिदिउ भनेर बैँकले आफुमाथि रिसइबी साधेको समेत आरोप शिवाकोटीको थियो ।
यता बैंकका कर्जा प्रमुख विशाल श्रेष्ठका अनुसार बैंकले नेपाल राष्ट्र बैंकको नियमानुसार नै लेनदेनको बिषयमा पत्रिकामा सूचना प्रकाशन गरेको बताएका छन । उनले कशिसन भन्दा पनि राष्ट्र बैंककै नियमानुसार करिब ४० लाख रुपैयाँ लिएपनि पर्यटन सम्बन्धि ब्यवसाय भएकाले नेपाल राष्ट्र बैंकले फिर्ता गर्न निर्देशन दिएपछि आधा रकम फिर्ता गरेको बताएका छन् ।
हामीले सबै काम प्रक्रिया अनुसारनै गरेको श्रेष्ठको भनाई थियो । श्रेष्ठले आफुले यसअघि हयाप्पी लैण्डको २० लाख रुपैँया यसअघि फिर्ता दिएको समेत स्वीकार गरेका छन ।